दफा ४०
निगरानी गर्ने
अनुमतिपत्र - प्राप्त संस्थाले उपलव्ध गराएको खानेपानीको नमूना संकलन गरी त्यसको परीक्षण तथा विश्लेषणको आधारमा खानेपानीको गुणस्तर तथा निष्काशित फोहोरपानीको मापदण्ड कायम भए नभएको सम्बन्धमा निरीक्षकले नियमितरुपमा निगरानी गर्नु पर्नेछ। स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “निगरानी” भन्नाले खानेपानी तथा सरसफाइ सेवा प्रवाहका क्रममा गुणस्तरको न्यूनताबाट- जनस्वास्थ्यमा पर्न सक्ने असर वा प्रभावलाई ध्यानमा-राखी सेवाको उपयोग र त्यसको गुणस्तर सम्बन्धमा नियमित रूपमा नमूना तथा आवश्यक सूचना संकलन गरी विश्लेषण गर्ने र प्राप्त नतिजाका आधारमा सुधारका लागि सुझाव दिने कार्य सम्झनु पर्छ।